काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेटर सिटीका उत्कृष्ट खेलाडी डी ब्रुयना र रहिम स्ट्रलिङ पछिल्लो समय चलेका खेलाडी हुन् । उनीहरूले पछिल्लो समय क्लबका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

क्लबमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गरिरहेका डी ब्रुयना र स्ट्रलिङलाई विभिन्न क्लबहरूले अफर पनि गरिरहेका हुन्छन् । उनीहरूको अनुबन्धनको चर्चा पनि पटक पटक हुने गरेको पाइन्छ ।


म्यान्चेस्टर सिटीका पूर्व प्रशिक्षक सेभेन–गोरान इरिक्सनले डी ब्रुयना र स्ट्रलिङ स्पेनिस क्लब रियल मड्रिडबाट खेल्न चाहे पहिले नै खेलिसकेको हुने बताए छन् । इरिक्सन सन् २००७ देखि २००८ सम्म सिटीको प्रशिक्षकको भूमिकामा रहेका थिए ।

“प्रिमियर लिग विश्व फुटबलकै सर्वोच्च लिग हो । यहाँ खेलेका खेलाडीहरू अन्य लिगमा खेल्न जान धेरै इच्छुक देखिँदैनन् । डी ब्रुयना र स्ट्रलिङलाई पनि रियलमा जान चाहे पहिले नै गइ सक्थे होला । उनीहरूलाई रियलले अनुबन्धन नगर्ने भन्ने छैन,” स्ट्रलिङले भने । एजेन्सी