काठमाडौं । कोरोना भाइरसको महामारीपछि सुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभियाले जित निकालेको छ । बुधबार राति भएको सहरी डर्बीमा सेभियाले रियल बेटिसलाई माथि सहज जित निकालेको हो ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा सेभियाले प्रतिद्वन्द्वी रियल बेटिसमाथि २–० को जित निकालेको हो । ला लिगा करिब तीन महिनापछि बिहीबार सुरु भएको हो । लिगमा दर्शक भने छैनन् ।

सेभियालाई जित दिलाउन लुकास ओक्याम्पोसले ५० औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ६२औं मिनेटमा फर्नान्डो रेज्सले गोल गर्दै सेभियालाई जित दिलाए ।

जितसँगै तेस्रो स्थानको सेभियाले ५० अंक जोडेको छ । ३३ अंक जोडेको रियल बेटिस तालिकाको १२औँ स्थानमा छ ।