काठमाडौं । बलिउडकी सदाबहार अभिनेत्री सुष्मिता सेनको भर्खरै वेभ सेरिज ‘आर्या’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई निकै मन पराइएको छ । यो सेरिज डिज्नी हटस्टारमा जुन १९ बाट रिलीज हुँदैछ ।

यसै, सेरिजको प्रमोशनको सिलसिलामा सुष्मिता सेनले आफ्ना प्रेमीको बारेमा केही खुलासा गरेकी छिन् । उनले एक भारतीय अनलाइन पोर्टललाई दिएको एक अन्तर्वार्ताको अनुसार उनका प्रेमी रोहमन शलले सुरुमा उनलाई उमेर लुकाएका थिए । उनीहरुबीच १५ वर्षको उमेर अन्तर रहेको छ । सुष्मिता सेन ४४ वर्षकी भइन् भने उनका प्रेमी रोहमान २९ वर्षका भए ।

सुष्मिताले उनका प्रेमीले सुरुमा उमेर ढाटेको बताइन् । सुष्मिताले रोहमानलाई सुरुमा उनी निकै कम उमेरको देखिने भन्दै उमेरको बारेमा सोध्ने गर्थिन् । तर रोहमानले आफ्नो उमेर अनुमान लगाउन भन्दै आलटाल गरेको बताइन् । सुष्मिताले यसरी मिल्नु भाग्यमा लेखिएको बताइन् ।

सुष्मिता र रोहमानको भेट इन्स्टाग्राममा भएको थियो । सुष्मिता सेन र रोहमन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । एजेन्सी