काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।

मंगलबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसहित हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ११५८ जना पुगेको छ।