नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको कुल संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ८६ जना संक्रमित थपिएका हुन् ।