काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमणलाई जितेर घर फर्किनेहरुको संख्या २ हजार ६९८ पुगेको छ ।

गत २४ घण्टामा ४८ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४० पुरुष र ८ जना महिला रहेका छन् ।

कोरोना संक्रमितहरु दिनानुदिन बढिरहेका बेला कोरोना जितेर घर फर्किनेहरुको संख्यामा पनि वृद्धि भैरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । आज मात्रै ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा भाइरसका कारण एक जनाको मृत्यु भएको छ । यो सँगै भाइरसका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।