काठमाडौंं । नेकपाका अध्यक्षसहितका नेताहरुको बालुवाटारमा भएको बैठक सकारात्मक रुपमा समापन भएको बताइएको छ ।

शुक्रबार बालुवाटारमा बसेको उक्त बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरु सहभागी भएका थिए ।
ती नेताका अनुसार दुवै अध्यक्षले आ–आफ्ना कुरा खुलेर राखेका थिए । यद्यपि, प्रचण्डले राजीनामा माग्ने र ओलीले दिन्न भने अडान कामय रहेको बताइएको छ ।

वार्ता सकारात्मक रुपमा सकिए पनि निर्णायक मोडमा वार्ता भएको छैन् । वार्ताको निर्णायक मोडका लागि फेरी बैठक बस्ने बताइएको छ । बालुवाटारमा दुबै अध्यक्षबीच करिब ३ घण्टासम्म वार्ता भएको छ । छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डबाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।