काठमाडौं । पानीको सतह घटेसँगै सप्तकोसी नदीमा २८ वटा ढोका खुल्ला गरिएको छ।

पानीको सतह  बढी  हुदा  ५० वटा ढोका खोलिएको थियो। मंगलबार भने कोसी बहाव यो वर्षकै उच्च मापन भएको थियो तर आज पानी घटेको जनाएको छ । आज बिहान सप्तकोसी नदीमा पानीको मापन गर्दा २ लाख ३७ हजार २ सय ८० क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए।