काठमाडौं । अविरल वर्षा पछि आएको बाढी, पहिरो, डुबानबाट ज्यान गुमाउनेका परिवारलाई सरकारले २ लाख रुपैयाँ राहत दिने भएको छ ।

मंगलबार बसेको मन्त्री परिसदको बैठकले उक्त कुराको निर्णय गरेको स्रोतले जनाएको छ । परिवारमा १ जनाको मृत्यु भए २ लाख रुपैयाँ र एक भन्दा बढीको मृत्यु भए प्रतिव्यक्ति थप एक लाख रुपैयाँका दरले राहत पाउने बताइएको छ । त्यसै गरी परिवारका सबै व्यक्तिको मृत्यु भएमा कसैले पनि राहत पाउने छैन ।

बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४ लाई संशोधन गरी विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड २०७७ स्वीकृत गरेको छ ।

जसबाट सरकारले बाढी, पहिरो, डुबान तथा कटानजस्ता कारणबाट घरबारविहीन भएका परिवारलाई समेत घर बनाउन भूकम्प प्रभावितलाई जति नै सुविधा दिने भएको छ ।