काठमाडौँ। नेपाल महिला संघले देशमा महिला विरुद्ध भैरहेका विभिन्न घटनाको विषयमा आन्दोलन गर्ने चेतावनी दिएका छन । केही दिन अघि पवित्रा कार्की माथी भएको एसिड आक्रमण , निर्मला पन्तले अझै न्याय नपाएको विषयमा संघले आन्दोलनको चेतावनी चेतावनी दिएको छ ।

संघकी महासचिव धना खतिवडाले पछिल्लो समय नेपालमा महिलाहरु असुरक्षित रहेको बताइन । महिलामाथि हिंसा गर्नेहरुलाई कानुन संशोधन गरेर मृत्युदण्ड नै दिनुपर्ने उनले बताइन । नेपालमा पछिल्लो समय पैसामा न्याय बेचिएको संघले आरोप लगाएको छ । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तले २ वर्षसम्म पनि न्याय नपाएको संघले आरोप लगाएको छ ।