काठमाडौं । कोरोना भाइरसको महामारीका लागि सरकारलाई जवाफदेही बनाउका लागि केही दिनदेखि अनशनरत इनफ इज इनफका अभियन्तालाई नेपाली कांग्रेसले समर्थन गरेको छ । सभापति शेरबहादुर देउवा सहितका नेताहरुले अभियानमा ऐक्यबद्धता जनाएका हुन् ।

अनशनरत केही युवाहरु सरकारका गतिविधि विरुद्ध निरन्तर आन्दोलनमा छन् । आन्दोलनरत केही युवाहरुलाई पक्राउ पनि गरिएको छ ।

यसअघि ‘ई’ समूहका ५ अभियन्ता पक्राउ परेका थिए । हिरासतमै अनसन बसेपछि उनीहरुलाई रिहा गरिएको थियो । इनफ इज इनफका अभियन्ता ‘ई’ लगायत उनको समूह बिगत १५ दिनदेखि सत्याग्रहमा छन् ।

‘ई’ भन्छन्, ‘यो सत्याग्रह सरकारका विरुद्धमा होइन, सबैका लागि गरिएको सत्यको आग्रह हो । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लचकता देखाओस् ।’ उनी यो भन्दा पहिले पाटनमा सत्याग्रहमा थिए । सरकारसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहमति भएका कारण उनले सो सत्याग्रह त्यागे । तर सरकार यो विषयमा गम्भीर नदेखिएका कारण उनले फेरि सत्याग्रह सुरु गर्नुपरेको छ’ ।

यो पनि पढ्नुहोस्:

दिउँसो पक्राउ परेका ‘इनफ इज इनफ’का अभियन्ताहरू रिहा

ई समूहका ५ अभियन्ता पक्राउ, हिरासतमै अनशन

एक-दुई जना नमरी देश बन्दैन: ‘ई’