बाँके । सरकारले बन्दाबन्दी खुलाएसँगै कोरोनाको जोखिम बढेपछि बाँके जिल्ला तीन दिनसम्मका लागि निषेधाज्ञा गरिएको छ । स्थानीय प्रशासनले आजदेखि लागू हुनेगरी तीन दिनसम्म निषेधाज्ञा गरेको हो ।

कोरोना संकटको रोकथाम तथा न्यूनीकरणका लागि आगामी तीन दिनसम्म निषेधाज्ञा गरिएको सूचना अधिकारी दिर्घराज उपाध्यायले जीएनएन नेपाललाई बताए ।

बन्दाबन्दी खुलेपछि गरिएको कोरोना परीक्षणमा समुदाय स्तरमा कोरोना फैलिएको हो कि भन्ने आशंकामा तीन दिनसम्म निषेधाज्ञा गरिएको उनले बताए । यो अवधिमा अत्यावश्यक सेवा बाहेक अन्य सेवामा प्रतिबन्ध लगाइएको उनले बताए । उनले भने, ´यो अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रतिबन्ध छन ।` यो तीन दिनसम्मको अवस्था हेरेर पछि थप निर्णय गर्ने उपाध्यायले बताए ।

बाँकेमा बन्दाबन्दी खुलेपछि ४२७ जनामा कोरोना संक्रमण भएको उनले जानकारी दिए । जसमा १२ हजारभन्दा माथि पिसिआर परिक्षण गरिएको छ ।