काठमाडौं । सरकारले प्रेस काउन्सिलको कार्यकारी अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई काउन्सिलको कार्यवाहक अध्यक्षमा सिफारिस गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । भण्डारी यसअघि काउन्सिलका सदस्य थिए । काउन्सिलको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ बहाल रहँदै आएका थिए ।