काठमाडौं । प्रहरीको आँखा छली डुङ्गामार्फत कोशी नदी हुँदै भारततर्फ अवैध रुपमा लैजाने तयारी गर्दै गरेको अवस्थामा एक सय ७५ बोरा केराउ सशस्त्र प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाको सप्तकोशी किनारमा बिहान ४ बजेतिर तीन वटा सानो र तीन वटा ठूलो गरि ६ वटा डुङ्गामा लोड गरि भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई देख्ने बित्तिकै तस्करहरु फरार भएको र बरामद १ सय ७५ बोरा हरियो केराउ नियन्त्रणमा लिई मंगलबारै बेल्हीस्थित राजविराज भंसार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

मटरको अनुमानित मुल्य करिब ३ लाख ५० हजार रहेको अनुमान गरिएको छ ।