सर्लाही । संचारकर्मी सहित सर्लाहीमा थप ५० जनामा कोरोना संक्रमण देखीएको छ ।

स्वास्थ्य कार्यालय सर्लाहीका अनुुसार सबैभन्दा बढि ईश्वरपुुर नगरपालिकामा ३९ जना, चन्द्रनगर गाउँपालिकामा ५ जना, गोडैता नगरपालिकामा २ जना, धनकौल गाउँपालिकामा २ जना, लालबन्दी नगरपालिकामा १ जना र पालिका नखुुलेका सर्लाहीकै १जनामा कोरोना संक्रमण देखिएकोे हो ।

संक्रमितहरु ५० जनामा कर्मचारी, एक जना संचारकर्मी र स्थानियहरु रहेको स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए । ५० जना संक्रमित थपिए सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ सय ३४ पुुगेको छ ।