भारत सरकारद्वारा बुधबार राती पबजी र लुडोसमेत गरि चिनको ११८ अन्य एप्स माथि प्रतिबन्ध लगाएको कारण चिन अहिले तनावमा रहेको छ । १५ जुनमा गलवनमा भएको भारत-चीन झडप पछी तेस्रोपटक भारतले चिनको खिलाफ एप्सहरु लाई बन्द गरिदिएर आर्थिक घाटा गराउने कार्य गरेको थियोे ।

यहि अनुरुप एकातर्फ चिनले भारतलाई अमेरिकाको इसारामा चिनका एप्स बन्द गरेको आरोप लगाइराखेको छ ।

भने अर्कातर्फ चिनको अर्थ तथा वाणिज्यका प्रबक्ता गाओ फेङ्गले ” एप्स प्रतिबन्ध गराउने काम वर्ल्ड ट्रेड अर्गनाइजेसन (डब्लूटीओ) को नियमको बिपरित भएको र भारतले सैन्यमा जित्न नसकी आर्थिक रुपमा क्षति पुर्याउन लागेको बताएका छन् । उनले एप्स कारोबारले दुबै देशलाई फाइदा हुने भएको भएर छिटै प्रतिबन्ध हटाउन आग्रह समेत गरेका छन् ।

यस्तै भारतका लागि चिनको विदेश मन्त्रालयले पनि भारत र चिनको सम्बन्ध हजारौं बर्ष पुरानो भएको र रबिन्द्रनाथ टैगोर चिनमा निकै प्रख्यात भएको बताए । भने केही समयको फाइदाले गर्दा दुबै देशको कम्पनीहरुलाई घाटा हुने भन्दै प्रतिबन्ध फुकाउन आग्रह गरेका छन् ।