उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका छन् ।

रक्षामन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुनेगरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताए । पत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले महामारीसँग जुध्दै आफ्नो अस्तित्व कायम राख्नु बुद्धिमानी हुने बताए ।
उनले भने, ‘‘एउटा शब्द छ नी अहिले प्रचलनमा ‘लिभिङ टुगेदर’ । अब कुरा के हो भने हामीले महामारीसँग होस् पु¥याएर जुध्दै अस्तित्व कायम राख्नु बुद्धिमानी हुन्छ । अरु उपायतिर जान उचित हुँदैन । निश्चित मापदण्ड प्रयोग गर्दै सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्छ ।