काठमाडौं । क्लिन फिडबारे विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारप्रति नेपाल विज्ञापन संघ (आन)ले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले सामबार एक विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भई सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्र खण्ड ६९ अतिरिक्ताङक १५ मिति २०७६ कार्तिक ८ गते प्रकाशित भई कानूनी रुपमा अगाडि बढिसकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्ट रुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषय भन्दा फरक खालका धारणाहरु सार्वजनिक हुनु आफैंमा विरोधाभाष छ ।’

क्लिन फिडबारे आम सञ्चारमा आएका विभिन्न समाचार र टिकाटिप्पणीहरु बद्नियतपूर्ण भएको संघले बताएको छ । यसका साथै संघले यस खालका टिप्पणी र समाचारको भ्रममा नपर्न जोकोही व्यक्ति, संघ/संस्था र सञ्चार माध्यमलाई संघले आग्रह गरेको छ । क्लिनफिडको समयावधि यही कात्तिक ७ सम्म भएकाले यसको कार्यान्वयन हुन्छ भन्ने कुरामा संघ विश्वस्त रहेको कुरा पनि उल्लेख गरिएको छ ।

‘साथै क्लिन फिडको समयाबधि २०७७ कार्तिक ७ गते समाप्त हुने भएकोले समयमै लागुहुने विषयमा पनि संघलाई कुनै दुविधा छैन ।’ संघले भनेको छ ।