काठमाडौं । नेपाल रिपब्लिक मिडियाले प्रकाशित गर्दै आएको नागरिक राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार सत्याग्रहमा बसेका छन् । दैनिकको डेस्कमा कार्यरत पत्रकार सुदिप गुरागाईं ५ दिने सत्याग्रहमा बसेका हुन् । सो पत्रिकामा कार्यरत श्रमजीवीको पेशागत रक्षाका लागि उनी मिडियाको कार्यालय बाहिर सत्याग्रहमा बसेका थिए ।

सत्याग्रहमा सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने, पुरानो बाँकी बक्यौता चुक्ता गरी मासिक पारिश्रमिक दिनुपर्ने लगायतका मागहरु राखिएको छ ।