व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्।

उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन्।

पछिल्लो समय कतिपय महिला पाठेघरको मुखकोक्यान्सर,स्तन क्यान्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्रसित हुने गरेका छन्।

यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अकालमै ज्यान गुमाउन बाध्य छन्।

समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अतिआवश्यक छ।

मेमोग्रामः पछिल्लो समय महिलामा स्तन क्यान्सरको खतरा बढ्दै गएको छ।

स्तन क्यान्सर तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ।

यो विधिबाट स्तनको एक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमोग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट : पाठेघरको क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर।स्तन क्यान्सरपछि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर।प्याप स्मेयर एक साधारण परीक्षण हो।

प्याप स्मेयर टेष्टमा महिलाको योनीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ। यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पीडा महसुस हुँदैन।

थाइराइड टेस्ट : अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुन्छ।

स्वास्थ्य विज्ञका अनुसार थाइराइड हर्मोन मानव शरीरका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ। थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ।

एचपीवी भाइरस टेस्ट : एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै खतरनाक भाइरस हो।यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो। कतिपय स्थितिमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन। प्रायजसो यौन सम्पर्कपछि यो भाइरस फैलने संभावना बढी रहन्छ।

बोन डेन्सिटी टेस्ट : उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ । शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन्।

शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ ।

आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ। त्यसैले सन्तुलित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ।साभार – अन्नपुर्ण पाेस्ट।

यो पनि:

श्रीमान श्रीमतीले भुलेर पनि नगर्नु यस्तो गल्ती, जन्मन सक्छ तेस्रो लिङ्गी बच्चा

यो संसारमा धेरै प्रकारका मानिस हुन्छन, भनिन्छ मनुष्य भित्र २ प्रकारका मानिस हुन्छन, पुरुष र महिला ,

तिनिहरुमा यस्तो मान्छे पनि हुन्छन जुन हामी भन्दा केहि फरक हुने गर्छन ।जसलाई हामी ट्रांसजेंडर अर्थात तेस्रोलि’ङगी भन्छौं । वास्तवमा, ट्रांसजेंडरलाई पुरुष र महिलाहरुको कैटेगरीमा समावेश गर्न सकिदैन, यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ ।

बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आर्गन्स हुन्छन ।कुनै पनि बच्चा कसरी बन्छ त ट्रांसजेंडर डाक्टरहरुका अनुसार प्रेग्नेंसीको पहिलो तीन महीनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ ।

यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ, यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आर्गन्स हुन्छन ।कुनै पनि बच्चा कसरी बन्छ त ट्रांसजेंडर डाक्टरहरुका अनुसार प्रेग्नेंसीको पहिलो तीन महीनाको अवधिमा शिशुको लिं’ग बन्ने गर्छ ।

शिशुको लिंग निर्धारणको प्रोसेस अवधिमा यदि कुनै प्रकारको चोट, टाक्सिक खानपान, हार्मोनलको समस्याले गर्दा शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्स हुन जान्छ, त्यसैले प्रेग्नेंसीको महीना महिलाहरुले विशेष ध्यान दिन जरुरी छ ।

शिशुहरु तेस्रो लिङगी बन्ने गर्छन किन ?

१. जेनेटिक डिसआर्डर जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिंग निर्धारणमा असर पर्न जान्छ । (इडियोपैथिक वा अज्ञात) ट्रांसजेंडर बच्चा जन्मीनुमा अधिकांश इडियोपैथिक हुने गर्छन अर्थात समय रहुन्जेल यिनिहरुको कारणको बारेमा थाहा पाउन सकिन्न ।
२.मेडिसिन्स : प्रेग्नेंसीमा महिलाले यदि कुनै प्रकारको औषधि खाएको खण्डमा जसले गर्दा शिशुलाई नोक्सान हुन सक्छ ।

३, टाक्सिक फुड : यदि प्रेग्नेंसीको समयमा गर्भवति महिलाले टाक्सिक फुड जस्तै केमिकली ट्रीटेड वा पेस्टिसाइड्स फ्रूट ९ वेजिटेबल्स खाएमा ।

४. गर्भपतनको औषधि : यदि गर्भवती महिलाले डाक्टरको सल्लाह विना नै आफैले गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङगी बच्चा जन्मीन सक्छ ।

५. रुघाखोकी ज्वरो : प्रेग्नेंसीको पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभि मेडिसिन खाएमा,

६.दुर्घटना वा रोगी : प्रेग्नेंसीको पहिलो ३ महीनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा शिशुको आर्गन्सलाई नोक्सान भएमा । ।

गर्भवतिले ध्यान दिनपर्ने कुराहरु

डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुदैन ।हेल्थी डाइट अनुसारको खानेकुरा खानुस, बाहिरको खाना सकेसम्म नखानुस । थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ ।

प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ,प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुदैन ।

यो पनि: