काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले तीन घर पुरिएको छ । रम्भा गाउँपालिका २ फोक्सिङकोटमा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।

हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा ६ जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले जीएनएनलाई बताए । उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका ६ जना सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीको लागि स्थानीय प्रहरी टोली खटिसकिएको ।