काठमाडौँ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा वार्ड एटेन्डेन्टको रूपमा काम गर्ने एक महिलाको कोरोनाको कारण  निधन भएको छ । 


५७ वर्षीय स्वास्थ्यकर्मीको मंगलबार बिहान सवा सात बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  सङ्क्रमणको पुष्टि भएपछि निमोनिया समेत देखा परेकी उक्त महिला दीर्घ रोगी समेत भएको अस्पतालले उल्लेख गरेको छ । 


मृतक महिलाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।