काठमाडौँ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार कोरोनाको कारण ७० बर्षीया एक वृद्धको मृत्यु भएको छ ।

बुटवल–७ की उक्त वृद्धलाई भेन्टिलेटरमा राखी उपचार गर्दा पनि  बिहीबार बिहान सवा ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । 

डा. गौतमका अनुसार उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेकी मृतक वृद्धलाई कोरोनाकै कारणले निमोनिया पनि भएको थियो । ती वृद्धलाई असोज २१ गते कोरोना पुष्ट भएको थियो ।