
काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । गत मंगलबार गरिएको पिसिआर परीक्षणमा दुबैको परीक्षण नतिजा पोजेटिभ आएको उनले बताएका छन् ।
उनका अनुसार दुबैको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण जोकोहीलाई हुने भएकाले उनले लापरबाही नगर्न सबैलाई आग्रह गरेका छन् ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए news@gnnnepal.com मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्