काठमाडौं । कर्णाली प्रदेशमा आइतबार (आज) मन्त्रिपरिषद् हेरफेर हुँदै छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन् । जसमा प्रधानमन्त्री ओली पक्षका बहालवाला मन्त्रीहरुलाई हटाएर माधव नेपाल निकटका सांसदलाई मन्त्री बनाउने तयारी भएको छ ।

कर्णाली किचलो : सिंह बन्न खोज्दा ओली पक्षको पद नै चैट !

ओली पक्षका यी मन्त्री हटाइदै छ

स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ । बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

नेकपा विवाद : उद्घाटन कर्णालीबाट, समापन बालुवाटार कि खुमलटार ?

को बन्लान् नयाँ मन्त्री ?

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन । मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

कर्णाली विवाद : संसद्को चालु अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीको सिफारिस

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’

कर्णाली विवाद : ओली–दाहालबीच नै बाझियो मत

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेशको विवाद बढेको थियो । अध्यक्ष दाहाल र नेपाल निकटका नेताहरु प्रस्तावको विपक्षमा उभिएपछि ओली पक्ष अल्पमतमा परेको थियो ।

कर्णाली विवाद साम्य पार्न केन्द्र नै निर्णायक, काठमाडौं बोलाइयो नेकपा नेतालाई

कर्णाली नेकपा विवाद : कोही धुम्बाराहीमा अलपत्र, कोही खुमलटारमा गोप्य भेटमा व्यस्त

कर्णाली प्रदेशमा नेकपा टुक्रिने पक्का, प्रमुख सचेतक शाहमाथि मुख्यमन्त्रीको ‘बोल्ड एक्सन’

केन्द्रको एक कल टेलिफोनले रोकियो मन्त्रीको राजीनामा, प्रदेशमाथि केन्द्रको दबाब कायमै

नेकपा कर्णाली प्रदेश विवाद : केन्द्रको दबाबपछि नेपाल समूह प्रस्ताव फिर्ता लिने तयारीमा