काठमाडौँँ । दक्षिणका सुपरस्टार रजनीकांतले अन्ततः राजनीतिलाई पार्टीको सस्पेन्सबाट पर्दा हटाइसकेका छन् । यस वर्षको डिसेम्बर ३१ मा रजनीकांतले आफ्नो राजनीतिक पार्टीको घोषणा गर्नेछन् । र त्यसपछि अर्को वर्ष २०२१ जनवरीमा सुरू गर्ने छन् । रजनीकांत आफैले ट्वीट गरेर उक्त जानकारी दिएका छन्।

सुपस्टार रजनीकांतले भने, “हामी अवश्य पनि विधानसभा चुनाव जित्नेछौं। हामी इमानदार, पारदर्शी, भ्रष्टाचारमुक्त र आध्यात्मिक राजनीति गर्नेछौं। जुन अचम्म र आश्चर्यको घटना हुनेछ।”

रजनीकांत लामो समयदेखि राजनीतिमा आउने चर्चा छ। वास्तवमा, अप्रिल-मे २०२१ मा तमिलनाडुमा विधानसभा चुनाव हुने छ। गत महिना रजनीकांतले उनको किड्नी २०१६ मा अमेरिकामा ट्रान्सप्लान्ट गरिएको थियो र डाक्टर उनका कोरोना भाइरस महामारीको कारण राजनीतिमा प्रवेश गर्न बिरूद्ध थिए ।

अब सिनेमामा जस्तै राजनीतिमा उनले आध्यात्मिक राजनीति गरेर जनताको मन जित्न सक्लान् या नसक्लान् भन्ने समय आएपछि पत्तो हुने भारतिय जनताको अड्कल छ ।