पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ सय ४८ मा कोरोना संंक्रमण, संंक्रमितको संख्या एक लाख १५ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा जम्मा ३ सय ४८ कोरोना संंक्रमीत थपिएको छन् । थपिनेमा १५० महिला र १९८ पुरुष रहेका छन्।
योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा २५८ , ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी, आज काठमाडौंमा २ र ललितपुमा १ जना गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्