काठमाडौं । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ ।

ब्याट्री सर्ट हुँदा बसमा आगलागी भएको प्रहरीले बताएको छ ।

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा सोमबार बिहान पौने ६ बजे आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।