
बाल हुन् देशका ज्योति उज्यालो माग्छ भोलिले ।
पोल्दैन यिनको छाती, तातो बारुद, गोलले ।। (१)
यिनै हुन् गहना हाम्रा रुप शौन्दर्य हुन् यिनै।
यिनैले बोक्दछन् देश,खटेर भोलि छिन्छिनै ।। (२)
कलिला बिरुवा हाम्रा फुल्नेछन् भोलि फूल भै।
भिज्नेछ देशको माटो ,फुटी विकास मूल भै ।। (३)
छोरा(छोरी सबै एकै नेपाली सब जातमा ।
हातेमालो गरि लाग्छन्,विकासको प्रभातमा ।। (४)
शिक्षा आर्जनको मार्ग,प्रसस्त गर्नु पर्दछ ।
बाहिरी ज्ञानका राम्रा, विजन छर्नु पर्दछ ।। (५)
नपारौ कार्यको बोझ, रुष्टिन्छ बालको मन ।
बाल मस्तिष्क हो दुब्लो, पातलो हुन्छ झन्झन ।। (६)
खस्रो असभ्य त्यो शब्द, नराखौ बाल बीचमा ।
मस्तिष्क कोपिला याम,परिणत् हुन्छ नीचमा ।। (७)
नजाऔ बाल छोडेर ,विदेशी रोजगारमा ।
सन्ततिसाथको मोह ,टाढा हुन्छ विचारमा ।। (८)
छन् साना आजका साथी,हुन् कर्णाधार देशका ।
मोहका पात्र हुन् हाम्रा, बाल यो परिवेसका ।। (९)
कृष्णादेवी शर्मा
नवलपुर

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्