काठमाडौँँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने उल्लेख गरेका छन् ।

उनले बल्ल कोरोनाको खोप प्रयोगमा आएको र एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था नभएको बताए । उनले यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले भएको प्रष्ट पारे ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको असर परेको बताए ।