काठमाडौं । राष्ट्रपति भण्डारीको कदमले पूर्वराष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति संस्थामाथि नै देशले प्रश्न उठाएको उल्लेख गरेका छन् । पूर्वराष्ट्रपति यादवले राष्ट्रपति संस्था देशको अभिभावक भएको तर राष्ट्रपति भण्डारी आफ्नो भूमिका निर्वाह गर्नमा चुकेको आरोप लगाएका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले ‘नेपाली जनताले आशिर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि कहिल्यै पनि टिप्पणी नगरेको तर अहिले आफुँ सहित तीन करोड जनता नै मर्माहित बनेको जीकिर गरे ।

साथै उनले जनताको सर्वोच्च निकाय संसदबाटै समस्याहरूको छिनोफानो गरेर अगाडि बढ्नुपर्ने सुझाव समेत दिदैँ यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने बताए ।

शिक्षा क्षेत्रमा अतिव्यापारीकरण र दलीय प्रभाव बढेकोप्रति उनको चिन्ता थियो । शिक्षाको गुणस्तर सुधार्न राजनीतिक रोच र प्रतिबद्धताको अभाव भएको डा. यादवको भनाइ छ ।