
काठमाडौँ । कसैलाई थाहा छैन कहिले इन्टरनेटमा के भाइरल हुन्छ । जीवनभर संघर्ष गर्दा नपाएको प्रतिफल केहि व्यक्तिले इन्टरनेटबाट पाँउछन् । त्यस्तै घटना दिल्लीको बुजुर्ग कान्ता प्रसादसँग भएको छ ।

जो अब विश्वमा ‘बाबा का ढाबा’ भनेर परिचित भएका छन्। ६ महिना अघिसम्म कान्ताप्रसादको दिन सानो पसलमा खाना पकाएर र नबिकेको खाना हेर्दै बित्ने गर्दथ्यो । तर अब बाबाले ठूलो हाइ फाई ढाावा खोलेका छन् । जहाँ अब उनी आफैले काउन्टर सम्हाल्छन्। उक्त नयाँ पसलको भाडा ३५ हजार रूपैयाँ प्रतिमहिना रहेको छ ।

बाबाको नयाँ ढाबामा सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ । ताकि उनी ग्राहक र तिनका कर्मचारीको काममा नजर राख्न सकुन् । ढाबामा ग्राहकहरुलाई आकर्षित गर्न बिभिन्न प्रकारका चित्रहरु प्रयोग गरीएको छ।

एक युट्युबर गौरव वासनले खाना नबिकेर रोईरहेको एउटा भिडिओ बनाए पछि बाबाको ढाबा संजालमा हिट भएको थियो । त्यसपछि त्यहाँ मानिसहरू आउन र खाना खान थााले । लगत्तै यस पछि, बाबाको ढाबाले ग्राहकहरुको एक लामो लाइन मात्र प्राप्त गरेनन् तर उनले अनलाइन/अफलाईन लाखौं रूपैयाँको सहयोग पनि पाए ।
उनको पुरानो भिडिओ
बाबाको ढाबा चलाउने कान्ता प्रसाद कसरी प्रसिद्धि र सफलता रातोरात परिवर्तन हुन्छन् भन्ने जीवन्त उदाहरण हुन् ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्