काठमाडौँ । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२०’ को ग्राण्ड फिनाले कार्यक्रम पुस ११ गते आयोजना भएको छ । 

 शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना भएको आइसिटी अवार्डमा थुप्रै विधामा उपाधिहरू प्रधान गरिएको छ । 

आइसिटी अवार्ड आयोजक समितिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको पनि  उपस्थिति रहेको थियो । 


त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो । भने कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 


त्यस्तै राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ सन्चै छौंलाई प्रदान गरिएको छ । 


एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ पाइला इमरजेन्सी रिससीएटरलाई प्रदान गरिएको छ । आइसिटी अवार्डमा पाइला इमरजेन्सी रिससीएटरलाई ‘एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ प्रदान गरिएको हो । 

  साथै प्रोडक्ट आइसिटी अवार्ड २०२० सीपीएफडीएसलाई प्रदान गरिएको छ । 

यसैबिच स्टार्टअप आइसिटी अवार्ड २०२० क्रिप्टोजेन नेपाललाई प्रदान गरिएको छ ।