काठमाडौँ । पठाओ‌का राइडरहरूले आफ्ना मागको सुनुवाई नभएको भन्दै कार्यलयमा नाराबाजी गरेर मध्य बानेश्वरका रहेको कार्यलय तोडफोडसमेत गरेका छन् ।

पठाओले केहि समय अघिसम्म राइडिङ बापत २५ प्रतिशत कमिसन लिने भएपनि अहिले ३५ प्रतिशत लिन थालेको तथा अन्य आधारभूत सुविधाहरुसमेत ख्याल नराखेको भन्दै सोमबार कार्यालय तोडफोड गरेका हुन्।

पठाओ कम्पनीमा आन्दोलनकारीहरुले ११ बुँदे मागपत्र पेस गरेका भएपनि कम्पनिले विभिन्न कारण देखाई उक्त मागको सम्बोधन नगरेको हुँदा राइडरहरुले आज कार्यलयमै हमला गरेका हुन् ।

उनिहरुको मागमा राइडर र यात्रुको अनिवार्य बिमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका रहेका छन् ।

यात्रु ओसार्ने पठाओ : विवाद र अवसरको समिश्रण

अर्कोतर्फ पठाओले भने वास्तविक राइडर नभई अन्य व्यक्तिहरुको उक्साहटमा लागेर अनावश्यक नाराबाजी गरेको उल्लेख गरेको छ ।