
नवलपुर । नेपाली भाषा साहित्य संघ नवलपरासीको संयोजनमा कावासोतीमा पृथ्वीनारायण क्याम्पस पोखरा ,नेपाली विभागको विभागीय पुस्तकालयका लागि विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेलाई पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा लक्ष्मी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार सदानन्द अभागीका दुईवटा कृति ‘पाल्पालीका गजलमा दृष्टि’ र ‘गंगा लिगल सृष्टि दृष्टि ‘ विमोचन समेत भएको थियो।

पुष १५ गते सम्पन्न भएको कार्यक्रममा नेपाली भाषा साहित्य संघकी सचिव तथा साहित्यकार समेत रहेकी टीका सापकोटाको संचालनमा नवलपुर क्षेत्रका विशिष्ट साहित्यकारहरुले आफ्ना कृतिहरु पुस्तकालयका लागि हस्तान्तरण समेत गरेका थिए ।

साथै सोहि कार्यक्रममार्फत नवलपरासी साहित्य परिषदका संस्थापक अध्यक्ष भुपेन्द्र भट्टराई , कोभिड १९ अनुगमन समिति नवलपुरका अध्यक्ष तथा युवा समाजसेवी सुरज गुरुङ ले शुभकामना मन्तव्य समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा नारी साहित्य समाज नवलपरासीकी अध्यक्ष महाकाव्यकार , लक्ष्मी साहित्य प्रतिष्ठानका अध्यक्ष समालोच सदानन्द अभागी , नवलपुरका छन्देली कवि संस्थाका सदस्य, मध्यबिन्दु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष साहित्यकार जीवन युगीन, साहित्यकार लीला राना मास्की लगायत सहभागी भएको सचिव सापकोटाले बताइन् ।

साथै नेपाली भाषा साहित्य संघ नवलपरासी को संयोजन संस्थाका उपाध्यक्ष कृष्णचन्द्र गिरीको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा पत्रकार श्रीषा शाही, शिक्षक तथा समाजसेवी शान्ति पुन साहित्यकार पूजा सापकोटा , आशिका पोख्रेललगायतका व्यक्तित्वहरुको अथित्यता रहेको थियोे ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्