काठमाडौँ । नयाँ वर्षमा विश्वभरिबाट व्हाट्सएप प्रयोगकर्ताहरुले जमेर प्रयोग गरेका छन् । फेसबुकले आफ्नो पोस्टमा व्हाट्सएप प्रयोगकर्ताहरूले नयाँ वर्षको अवसरमा करिब १४० करोड भन्दा बढी भ्वाइस र भिडियो कलहरू गरेको बताएको छ। 


यो  प्लेटफर्ममा अहिलेसम्म एकै दिनमा गरिएको कलको सब भन्दा धेरै सङ्ख्या हो। व्हाट्सएप संसारभरमा करिब २०० मिलियन भन्दा बढी सक्रिय उपयोगकर्ताहरू भएको  साथ सबैभन्दा ठुलो  मेसेज गर्ने प्लेटफर्म हो। 

यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत  बढी छ। यसको पूर्ण श्रेय कोरोनाभाइरस महामारीलाई  जान्छ ।  जसले मानिसहरूलाई घर भित्रै बस्न बाध्य तुल्यायो र यसले गर्दा अधिक प्रयोगकर्ताहरू आफ्ना प्रियजनहरूलाई  भिडियो र भ्वाईस कल  गरे ।