काठमाडौँ। बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएकाले १ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ । ‘सर्भरको मर्मत कार्यका लागि आज मिति २०७७/०९/२० गतेका लागि अनलाइन सर्भर बन्द गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’