काठमाडौँ । इ-कमर्स कम्पनी अलीबाबा र एन्ट ग्रुपका संस्थापक चिनियाँ अरबपति व्यवसायी ज्याक मा विगत दुई महिनादेखि सार्वजनिक रूपमा देखिएका छैनन्।

उनले हालै चिनियाँ सरकारको नीतिहरूको आलोचना गरेका थिए । त्यसपछि उनका कम्पनीहरूलाई कडा कारबाही समेत गरिएको थियो । 

ज्याक मा यस तरीका बाट हराएपछि, धेरै प्रकारका शंका पनि व्यक्त गरिएको छ। समाचार एजेन्सीहरूका अनुसार हालसालै उनी अफ्रिकामा उनको कम्पनीसँग जोडिएको ‘अफ्रिका बिजनेस हीरोज’ सम्बन्धी ठुलो कार्यक्रममा पनि देखिएका थिएनन् । उनका फोटोहरू पनि उक्त शोको वेबसाइटबाट हटाइएको थियो ।

 
ज्याक मा एक प्रखर पब्लिक स्पिकर 

महत्त्वपूर्ण कुरा, ज्याक मा प्राय: सार्वजनिक कार्यक्रमहरूमा प्रखर वक्ताको रूपमा पर्दथे। उनी युवाका बिच आफ्नो प्रेरणादायी भाषणको लागि धेरै लोकप्रिय छन्।


तर गत वर्षको अक्टोबरमा उनले चीनको वित्तीय नियामक र चीनको शंघाई सहरमा सरकारी बैंकहरूको कडा आलोचना गरेका थिए। उनले विश्व बैंकिङ नियमलाई ‘एल्डर क्लब’ भनेका थिए। उनले चिनियाँ सरकारलाई प्रणालीमा परिवर्तन ल्याउन आग्रह गरे ताकि व्यवसायमा नयाँ पहल गर्न सहज होस्।

 सरकारी नीतिहरूको आलोचना गरेपछि शासक कम्युनिष्ट पार्टी ज्याक माको यो भाषणबाट क्रोधित भयो । सोही समयपछि  ज्याक माको खराब दिनहरू सुरु भए । 

उनको व्यवसायमा विभिन्न तरिकाबाट अनुसन्धान सुरु गरियो । भने गत वर्ष नोभेम्बरमा चिनियाँ प्रशासनले ज्याक माको एन्ट ग्रुपको करिब ३७ अरब डलरको आईपीओमा रोक लगायो।