
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना महामारीको बिचमा, अब बर्ड फ्लुको दस्तकले चिन्ता बढाइरहेको छ। हालसम्म हरियाणा, हिमाचल प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात र केरलामा ८४ हजार भन्दा बढी पन्छीहरूको मृत्यु भइसकेको छ । ती मध्ये हिमाचल प्रदेश, मध्य प्रदेश, राजस्थान र केरलामा बर्ड फ्लुको पुष्टि भएको छ, हरियाणा र गुजरातबाट पनि नमूनाहरू संकलन गरिएको छ ।
मध्य प्रदेश: दुई जिल्लामा बर्ड फ्लुको पुष्टि, सम्पूर्ण राज्यमा सतर्कता
मध्य प्रदेशमा हालसम्म २०० भन्दा बढी पन्छीहरूको मृत्यु भइसकेको छ । । इन्दौर, मंदसौर, आगार, खरगोन, उज्जैन, देवास जस्ता जिल्लाहरुमा मृत पन्छीहरूको आँकडा बढी रहेको छ । जसको कारण त्यहाँ हाइ अलर्टमा बस्न सुझाइएको छ ।
बर्ड फ्लु को लक्षण पनि कोरोना जस्तै
बर्ड फ्लुले कफ, पखाला, ज्वरो, श्वासप्रश्वास समस्या, टाउको दुख्ने, मांसपेशी दुख्ने, घाँटी दुखाइ, नाकमा पानी बग्ने र बेचैनी जस्ता समस्याहरू निम्त्याछ। जुन बिलकुल कोरोनासंग मिल्दो जुल्दो हुन्छन् । सोही कारण पनि भारत सरकार फ्लुको सम्बन्धमा बढी चिन्तित देखिएको छ ।
किन बर्ड फ्लु यति खतरनाक छ
एभिएन इन्फ्लूएन्जा वा एभियन फ्लुलाई बर्ड फ्लु भनिन्छ। यो मृत वा जीवित चराहरूबाट मानवमा फैलिन सक्छ। यो रोग सङ्क्रमित चरा खाएर वा सङ्क्रमित पानी पिएर फैलन्छ। यो फ्लु सजिलै जहाँसुकै पहुँचयोग्य हुन्छन्, त्यसैले यो फ्लु निकै जोखिम योग्य छ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्