
काठमाडौँ । सोमबार देखि उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक वृद्धि भएको छ । हाल सबैभन्दा बढी वायु प्रदूषण हुने विश्वका ५० सहर मध्ये काठमाडौँ पहिलो नम्बरमा रहेको छ । काठमाडौंंमा केही दिन अघि देखि धुम्म र हुस्सु लागेको मौसम भएको कारण जनजीवन पनि प्रभावित बनेको छ ।

यदि मात्रै नभई काठमाडौँको दूषित हावाले गर्दा भिजिबिलिटी कम भई आज धेरै जहाजहरू अवतरण हुन समेत सकेनन् । हवाईजहाज उडान तथा अवतरणका लागि न्यूनतम १ हजार २ सय मिटरको भिजिबिलिटी आवश्यक हुन्छ । तर आज एक हजार मिटर मात्र भिजिबिलिटी भएको कारण उडानमा अवरुद्ध आएको थियो ।

सोमबारबाटै मानिसहरूले आँखा पिरो हुने अनुभव गरेका थिए । तर मंगलबारसम्म आइपुग्दा त्यसको गति झनै बढेको छ ।
किन काठमाडौँमा प्रदूषण बढ्यो
काठमाडौँको जनसङ्ख्या र उपत्यकाको भू-बनावटले यस्तो भएको वातावरण विद्हरू बताउँछन् ।
वातावरण विद्का अनुसार मौसम धुम्म भएकोले काठमाडौँमा अत्यधिक प्रदूषण बढेको मौसमविद् ऋषिराम शर्मा बताउँछन् । काठमाडौँ कचौरा आकारको छ । चिसोका कारण काठमाडौँमा आगो बाल्ने जस्ता गतिविधि भए भने घाम पनि लागेन । वायु प्रदूषणका स्रोतहरू बढे, तर त्यहाँबाट निस्कने प्रदूषणलाई हावा, पानी घामले काठमाडौँ बाहिर लान सकेनन् । पश्चिमी वायुको प्रणालीमा पनि धेरै पानीको मात्रा थिएन जसको फलस्वरूप काठमाडौँमा प्रदूषण अधिक थुप्रियो ।
जाडो मौसममा पानी नपर्नु, हावा कम चल्नु नै प्रदूषण बढ्नुको मुख्य कारण हो । उपत्यका कचौरा जस्तो छ त्यसैले चिसो मौसममा धूलोको कण तल्लो भागमा तैरिएर बस्छ वातावरणविद् भूषण तुलाधर भन्छन् , ‘राजधानीको हावामा गाडी, मोटर साइकल, आगो बालेको धुवाँ, कलकारखानाका धुलो समेत मिसिने हुँदा जाडो मौसममा प्रदुष बढेको हो । ‘

तर यो वर्ष भने अधिक मात्रामा बढेको उनको भनाइ छ ।
यसबाट कसरी जोगिने ?
वातावरण विद् भन्छन्, ‘यो प्रदूषण घाम नझुल्किँदा अथवा पानी नपरुन्जेल मात्रै हो । यसबाट बच्न नागरिक आफै स्वयम् सचेत हुन जरुरी भएको मौसमविद् बताउँछन् ।
सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि वायु प्रदूषणले विशेष गरी बालबालिका, वृद्धवृद्धा श्वासप्रश्वाससम्बन्धी बिरामी, मुटुको समस्या भएकाहरू बढी प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन सुझाव दिन्छन् ।

वार्षिक रूपमा विश्वमा वायु प्रदूषणका कारण करिब ७० लाख बढीको मृत्यु हुने गरेको हुँदा विशेष सतर्कता अपनाउन वातावरण विभागले पनि सुझाएको छ ।
के भन्छ वातावरण विभाग ?
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको कारण वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।
विभागले फोहोर फाल्दा तथा आगो बाल्दा झन् प्रदूषण बढ्ने हुँदा त्यस्ता कार्य गर्ने समेत रोक लगाएको छ ।
यसबाहेक उपत्यकाबाहेक तराई क्षेत्रका सहरहरू जस्तै, नेपालगन्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले त्यहाँका नागरिकहरूलाई पनि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
यस्तै, मौसम यस्तै भइरहेमा प्रदूषणको अवस्था अझै खराब हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
यस्तो छ वातावरण विभागको विज्ञप्ति


बस्नेत जीएनएन नेपालकी संवाददाता हुन् ।
प्रतिक्रिया दिनुहोस्