
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा देशभर ४ सय १२ जना कोरोना सङ्क्रमित थपिएका छन्। यो सँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै आज थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १ हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा २५१ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौँमा १ सय ११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना सङ्क्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७ जना व्यक्ति सङ्क्रमित भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनालाई कोरोना सङ्क्रमण देखिएको छ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्