
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५४ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २१ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५ सय ६१ पुगेको छ।
शुक्रबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ३८ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ५ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्