काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २सय ७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा एक लाख २२ हजार ९६४ जना व्यक्ति संक्रमित भएका छन्।

आज काठमाडौंमा १९१, ललितपुरमा २३ र भक्तपुरमा १३ जनालाई कोरोना संक्रमण देखिएको छ।