
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना संक्रमित थपिएसंगै हालसम्म देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ।
गत २४ घण्टामा ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ६२ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ६ सय ९९ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्