
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दा बोल्दै रोष्टमको भुँइमा ‘थुँ’ गरेर थुकेका छन् । आइतबार राष्ट्रिय सभामा सम्बोधनका क्रममा उनले भूइँतिर फर्किएर थुकेका हुन् ।
उनले भारतीय विदेश सचिव, भारतीय सेनापतिले नेपाल भ्रमण गरेको र नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक काम भएको र अब १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भारत भ्रमणमा जाने बताउँदै गर्दा भुईँतिर फर्केर पयाच्च थुकेका हुन् ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्