
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको प्रतिगामी कदम विरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षधर अनेरास्ववियूका विद्यार्थी नेताले बयलगाढा प्रदर्शन गरेका छन् ।

प्रचण्ड नेपाल समूहको प्रतिनिधि सभा विघटनका विरुद्धमा भैरहेको आन्दोलन अन्तर्गत आज विद्यार्थी नेताहरुले आइतबार उपत्यकाका तीन स्थान ललितपुर, भक्तपुर र माइतीघर मण्डलामा बयलगाढा सहितको जुलुस निकालेका हुन् ।

अन्य दुई स्थानमा शान्त प्रदर्शन भए पनि माइतीघर मण्डलामा भने प्रहरी र विद्यार्थी बिच निकै ठुलो हुल दंगानै भएको थियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट बालकोट पुर्याउन निस्केको ठेला तथा केपी ओली मुर्दावाद जस्ता नारा लगाएका थिए ।

उक्त प्रदर्शनका क्रममा विद्यार्थी नेताहरुले ठेलामा आगो लगाएका कारण प्रहरीले पानी खनाएर नियन्त्रणमा लिएको थियो । जुको कारण केही बेर प्रदर्शनकारी र प्रहरी बिच तनावको वातावरण सिर्जना भएको थियो ।









जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्