काठमाडौं। सरकारले १० महिनादेखि बन्द रहेका फिल्म हल तथा नाटकघरलाई खुल्ला गर्न अनुमति दिएको छ ।

कोभिड महामरीको व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हल खोल्न अनुमति दिएको हो ।

फिल्म हल लामो समय देखि लकडाउनका कारण करोडौ रुपैया घाटा व्यहोर्दै आएका छन् । यसै कारण सबै स्वास्थ्यको मापदण्ड अपनाएर हल खुलाउन दिने सरकारको निर्णय गरेको हो।

सरकारले हल खोल्न र फिल्मकर्मीलाई हेपेको भन्दै हल व्यवसायीले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुलाएका थिए। उनीहरुले हल खुलाएको देखि नै फिल्म प्रदर्शन गर्दै आएका छन्।

नाटकघर भने आगामी माघ १ गतेदेखिबाट मात्र खुल्ने गर्न सरकारले अनुमति दिएको छ ।