एजेन्सी । इटालियन सिरी ‘ए’ मा आफ्नै घरेलु मैदानमा युभेन्टसले सस्सुलोमाथि ३–१ को सहज जित हात पारेको छ ।

Juventus vs. Sassuolo - Football Match Report - January 10, 2021 -  SportsAlert

आइतबार राति एको खेलमा युभेन्टसको जितका लागी डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । सस्सुलोका लागी भने ग्रिगोइरे डिफ्रिलले गरेको गोल नै सान्त्वना बन्यो ।

Ronaldo and Ramsey on target as Juventus beat Sassuolo | Hindustan Times

पहिले हाफमै १० खेलाडीमा समेटिएको सस्सुलोले प्रतिस्पर्धात्मक बनेको खेलमा फितलो प्रदर्शन गरेपछि हार व्यहोर्नु परेको थियो ।

खेलको ५०औं मिनेटमा डानिलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । भने ५८औं मिनेटमा ग्रिगोरेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यस्तै ८२औं मिनेटमा आरोन राम्सीले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाएका थिए ।

भने इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोनाल्डोले डानिलोको पासमा गोल गर्दै युभेन्टसलाई ३–१ को सहज जित दिलाए ।

यो जितसँगै युभेन्टस १६ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।