एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको तेस्रो राउन्डको खेलमा च्याम्पियनसिप क्लब बर्मिङघम सिटीलाई ३–० ले पराजित गरेको छ ।

सबै तीन गोल पहिलो हाफमा बर्नाडो सिल्भाको र फिल फोडेनले गरेका थिए ।

खेलको आठौँ मिनेटमा घरेलु टोलीले सिल्भाको गोलबाट अग्रता लिएको थियो । भने १५औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० ले अग्रता लियो ।

यस नित संगै सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।