राजधानी स्थित चाबहिलको पुष्पकमल मेमोरियल कलेजमा (अनुमति पत्र ) लाइसेन्सको लागि यातायात व्यवस्था विभागले लिने भनिएको लिखित परिक्षा नलिएपछि परिक्षार्थीहरुले आन्दोलन थालेका छन् ।

३/४ घन्टा देखि कलेजमा कुराएपछी परिक्षा नहुने भनेपछि परिक्षामा सामेल हुन आएकाहरु प्रदर्शनमा उत्रिएका हुन् । सरकारी कार्यलयको लापरबाहीले गर्दा टाढादेखि आएका सर्वसाधारणले दु:ख पाएको एक विधार्थी बताउँछिन् ।

लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित

यसैबीच यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरेको एक सूचना जारी गरेको छ । उक्त सूचनामा कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले आजदेखि नै अनिश्चितकालका लागि चालक लाइसेन्सको लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको हो ।

उक्त सूचनामा लेखिएको छ, “लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ। “